गोरखा-उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चायले जानकारी दिनुभयो । आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उहाँले बताउनुभयो ।

मङ्गलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानीयको सहयोगमा गए राति अबेर नियन्त्रणमा आएको उहाँको भनाइ छ ।

गुम्बामा भएको आगलागीका कारण रु ३० करोडभन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो । उहाँले सदरमुकाम फर्किएलगत्तै आगलागीका बारेमा सङ्घीय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो । समुन्द्र सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको सबै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार