बनियानीरमिति२०७९र१०र१४।गते शनिबारका दिन बिश्ब हिन्दु परिषद नेपाल कचनकबल गाउ समिति ९झापा०को आयोजनामा समितिका अध्यक्ष श्री रजगुण राजबशीको अध्यक्षतामा स्वामी बिबेकानन्द जयन्ती स्बामी जीको योगदानको चर्चा गरी सम्पन्न भयो ।

कार्यक्रममा परिषद झापा उपाध्यक्ष श्री देवेन्द्रकिशोर ढुङगाना,जिल्ला सदस्यव्दय बिमल शाह,अनुप राय,स्थानिय समाजसेबी श्री फाल्गुणी सिह राजबंशी,श्री बिजय कुमार झा लगायतका बक्ताहरुले स्बामी बिबेकानन्द सनातन हिन्दु धर्मका मार्गदर्शक हुनु हुन्थ्यो।उहाले बिश्बमासनातन धर्म प्रचारका साथै हिन्दु युबाहरुलाई धर्म र देशप्रेमको मार्गमा हिडनका लागि सदैब प्रेरणा दिनु भ एको बिचार प्रस्तुत गर्नु भयो।

आजै उक्त कार्यक्रम पश्चात् बिश्ब हिन्दु परिषद नेपाल कचन कबल गाउ समितिको बैठक परिषद गाउ समिति अध्यक्ष श्री रजगुण राजबशीको अध्यक्षतामा र जिल्ला उपाध्यक्ष श्री देवेन्द्र्किशोर ढुङगानाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले श्री फाल्गुणी सिह राजबंशीको अध्यक्षतामा परिषद कचनकबल गाउ समिति पुनर्गठन भयो ।पुनर्गठित समितिको उपाध्यक्षव्दयमा श्री बिजय कुमार झा,श्री तुलसीराम खतिबडा,सचिबमा श्री बिमल शाह सह सचिबमा श्री उपेन्द्रलाल राजबंशी र सदस्यहरुमा क्रमशस् श्री फणिन्द्र अधिकारी ,श्री शम्भुलाल राजबंशी, श्री हृदय राजबंशी ,श्री सुरज शाह ,श्री रबि सापकोटा निर्बिरोध निर्बाचित हुनु भयो ।

उक्त बैठकले परिषद कचनकबल गाउ समितिको सल्लाहकार समितिको संयोजकमा श्री रजगुण राजबंशी र सदस्यमा श्री बिनोद कुमार झा,श्री महेशलाल गणेश,श्री रबिचन्द्र ओझा,श्री हेम गणेश सर्ब सहमतिले छानिनु भयो ।कार्यक्रमको सहजिकरण परिषदका भाग प्रमुख श्री सितादेबी ढुङगेलले गर्नु भएको। थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार