पोखरा -पोखरामा एक जना अटो मोबाइल व्यवसायी प्रहरीको हात भाँचिदिएको आरोपमा समातिएका छन् । समातिनेमा अटो व्यवसायी २५ वर्षिए सौरभ थापा रहेका छन् ।

रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको बताइएको छ । उनले रक्सीले मातेर गाडी चलाएको प्रहरीले जनाएको छ ।

गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै भाँचिएको हो । पक्राउ परेका सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय चलाइरहेका छन् ।

उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ । यस अघि पनि पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएर पक्राउ परेको भोली पल्टै छुटेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार