एजेन्सी -‘पठान’ को सफलतापछि शाहरूख खानले ‘पठान २’ निर्माणको घोषणा गरेका छन् । फिल्मको सफलतालाई मध्यनजर गर्दै मबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेका हुन् । उक्त सम्मेलनमा शाहरूख, दीपिका, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए। यो पठानको पहिलो पत्रकार सम्मेलन हो।

शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए। बलिउड अभिनेता शाहरूख खानको फिल्म पठानले ६ दिनमा ६ सय करोड भन्दा बढी कमाइ गरेको छ । ठानको विश्वव्यापी कूल संकलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो । यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो । छेठौं दिन पठानको कमाइ २५ करोड हाराहारी भएको छ।

यो सँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको बताइएका छ ।सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार