काठमाडौँ – कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी उनी अन्तत मिलापत्र गर्ने स्थिितमा पुगेकी हुन् ।

शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएपछि उनले काठमाडौँमा आएर पटक पटक धर्ना बसेर अधिकारकर्मीको सहायता लिएर दबाब दिइन् र अधिकार पाउने अवस्थामा पुगेकी हुन् ।

माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भई अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएसँगै बलात्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ । निहारिका आफैँले अदालतमा निवेदन दिई आफूहरू मिलेर बस्न लागेको अदालतमा जानकारी गराएकी छिन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार