वासिङ्टन-अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त वेलुनलाई खसालिएको हो ।

“चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप वेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो,” अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भन्नुभएको छ । तर चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (वेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ ।

एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भन्नुभयो, “शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो । प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।ट्विटर प्रयोगकर्ता हेली वाल्शले दक्षिण क्यारोलिनाको एक लोकप्रिय रिसोर्ट शहर मर्टलबिचमा विस्फोटको आवाज सुनेको र महसुस गरेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बेलुनको ‘निगरानी गर्ने’ बताउनुभएको थियो । बाइडेनले मेरिल्याण्डमा पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो, “उनीहरूले यसलाई सफलतापूर्वक तल झारे । म यस कार्यमा सरिक हुने हाम्रा ‘एभिएटर्स’को प्रशंसा गर्छु,“ बाइडेनले मेरिल्याण्डमा पत्रकारहरूलाई भने ।

घटनालाई चीनले ‘स्पष्ट रूपमा अतिरञ्जित’ भनेको छ ।अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ ‘सर्भिलेन्स बेलुन’ ट्र्याक गरिरहेको बताएपछि बिहीबार विवाद सुरु भएको थियो ।घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गर्नुभएको छ ।

प्रारम्भिक हिचकिचाहट पछि, बेइजिङले ‘एयरशिप’ को स्वामित्व स्वीकार गरेको छ । तर, यसलाई मौसम अनुसन्धानका लागि गरिएको एउटा नागरिक बेलुन भन्दै यो घटनाप्रति ‘खेद’ व्यक्त गर्दछ ।

तर शनिबारको प्रतिक्रियापछि विदेश मन्त्रालयले ‘मानवरहित नागरिक हवाई जहाजमाथि आक्रमण गर्न संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा चीनको कडा असन्तोष र विरोध’ व्यक्त गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संयमित ढङ्गले जवाफ दिनुको साटो संयुक्त राज्य अमेरिकाले बल प्रयोग गर्न जोड दिएको छ ।”विज्ञप्तिमा भनिएको छ, “चीनले सम्बन्धित उद्यमहरू वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ र थप आवश्यक प्रतिक्रिया हरू दिने अधिकार सुरक्षित राख्नेछ ।”पेन्टागनका अधिकारीहरूले शनिबार पत्रकारहरूलाई बताएअनुसार बेलुन पहिलो पटक जनवरी २८ मा अलास्काको अमेरिकी आकाशमा प्रवेश गरेको थियो ।

हालैको इतिहासमा यस्तो विमान अमेरिकी भूमिमा उडेको यो पहिलो घटना भने होइन, वरिष्ठ रक्षा अधिकारीले भने, यद्यपि यो देशमा बिताएको सबैभन्दा लामो समय हो। डोनाल्ड ट्रम्पको कार्यकालमा तीन वटा बेलुन र बाइडन प्रशासनको पालामा एउटा बेलुन देखिएको थियो ।

बाइडनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूले जतिसक्दो चाँडो उक्त यान लाई खसाल्न आदेश दिएको बताउनुभएको थियो ।बाइडेनले भन्नुभयो, “जमीनमा कसैलाई हानि नपु¥्याई त्यो काम गर्नको लागी सबै भन्दा राम्रो समय थियो । उनीहरूले सही निर्णय गरे । वेलुन पानीमा खसालिएको छ ।”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार