शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको फिल्म ‘पठान’ले बक्स अफिसमा सफलताको इतिहास लेखिरहेको छ । एकातिर चार वर्षपछि सिल्वर स्क्रिनमा फर्किएपछि शाहरुखको फिल्म ब्लकबस्टर साबित भएको छ भने अर्कोतिर कमाईको हिसाबले एकपछि अर्को नयाँ कीर्तिमान बनाइरहेको देखिन्छ ।

अब फिल्मले प्रदर्शनको ११ औं दिनमा कति कमाई गरेको छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ । २५ जनवरीमा रिलिज भएको यो फिल्म रिलिज भएदेखि नै फिल्मको चर्चा सर्वत्र भैरहेको छ । ‘पठान’ ले भारतमा ४ सय करोडको कलेक्सन पार गरेको बताइएको छ । शाहरुख खानको ‘पठान’ फिल्मले ‘दंगल’ फिल्मको कीर्तिमान तोड्दै हिन्दी भाषामा भारतमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

सन् २०१६ मा रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ले कुल ३८७.३८ करोड कमाएको थियो । अर्कोतर्फ, पठानको सङ्कलन ११ दिनमा नै करिब ४०० करोड भएको छ । २५० करोडको बजेटमा बनेको फिल्म ‘पठान’को विश्वव्यापी कमाईले आमिर खानको ‘दंगल’लाई पनि पछि पारेको खबर छ ।

फिल्म ‘पठान’ ले १० औं दिन विश्वभर ७२९ करोड कमाएको बताइएको छ भने यो कीर्तिमान अहिलेसम्म आमिर खानको फिल्म ‘दंगल’ले ७०२ करोड कमाएको थियो । पठानले छिट्टै ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । फिल्म ‘पठान’ले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

फिल्म पठानले ११ दिनमा ४ सय करोड कमाएर नयाँ रेकर्ड बनाएको छ । यो फिल्मलाई शाहरुख खानको करियरको सबैभन्दा ठूलो हिट फिल्म मानिन्छ । अब आउने दिनमा फिल्म ‘पठान’ले कति कमाउने गर्छ त्यो हेर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार