झापा,२३ माघ। नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोको राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। मेची ब्युरो अन्तर्गतका झापा, ईलाम र पांचथर जिल्लाका जिल्ला सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका स्थायी समिति सदस्य अनिल विरहिले प्रशिक्षण दिएका थिए।

मेची ब्युरो इन्चार्ज सुमनसिंह सिको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहाकार सदस्य होम खतिवडा, पार्टीका केन्द्रीय समिति सदस्य लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।

नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै नेता विरहिले पार्टिलाई उत्साही, साहसी र दृढतापुर्वक योजना कार्यन्वयन गर्ने नेता कार्यकर्ताको पंक्ती चाहिएको बताएका छन्,। यतिबेला दलाल पुंजिवादी सत्ता संकटमा फंसेको र यो संकटलाई क्रान्तिकारिहरुले देश र जनताको अनुकुलतामा बदल्न सक्नु पर्ने अन्यथा यो देश फेरि नंया ढंगले बिदेशी दलालहरुकै हातमा जाने र नेपाली जनताले सदिऔं काल सम्म दुख पाउने समेत उनले बताए ।

जनतामा भिजेको पार्टी, जनताले बिश्वास गर्ने नेता कार्यकर्ता, जनताको सुख दुखको साथी बन्नु पर्ने भन्दै उनले जनता र देश माथि थोपरिएका तमाम उत्पिडन बिरुद्ध जनतालाई गोलबद्ध गरेर शसक्त संघर्स संचालन गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा मेची ब्युरो इन्चार्ज सुमनसि्ह सीले निराशा बाड्ने, निरुत्साहित गर्ने संयौं कार्यकर्ता भन्दा उत्साही र आशावादी एउटा कार्यकर्ता पार्टिको निम्ति महत्वपुर्ण भएको बताउँदै पार्टी र नेताले जनतालाई सुखी हुन, समृद्ध हुन सिकाउन प्रयत्न गर्नु पर्ने र गरेर खान सिकाउनु पर्ने बताए ।

जनतालाई आफ्नो नेता आफ्नो निम्ति बलिदान गर्न तयार छ भन्ने स्तरको बिश्वस्तता पैदा गर्नेगरी पार्टी पंक्तिले आंफुलाई प्रस्तुत गर्नु पर्ने, देश र जनताको पक्षमा संघर्स गर्ने क्रममा विभिन्न संकटहरु निम्तिन सक्ने, अप्ठ्याराहरु आउन सक्ने कुरालाई बेवास्ता गर्दै यो देशको संकट, अपमान र अत्याचार सम्झेर जनताको नेतृत्व गर्न सबै नेताकार्यकर्ता तयारी रहन समेत उनले बताएका छन्,।

पार्टीले तय गरेको ६ महिने आवाधिक योजनालाई दृढतापुर्वक कार्यन्वयन गर्न र पार्टिले अपेक्षा गरेको परिणाम दिन मेचिको सिंगो पंक्ती उत्साही भएर काममा लाग्न उनले नेताकार्यकर्तालाई निर्देशन दिएका छन्,। यसअघि उक्त पार्टीले झापामा पत्रकार सम्मेलन गर्दै जनताको पक्षमा सशक्त संघर्ष गर्ने घोषणा गरिसकेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार