काठमाडौ । २४ माघ । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ ।नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ । निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले गत १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ । आईअाेसीले मुल्य बृद्धी भएको सुची पठाए पछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाई छ ।

पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुु परेको निगमको भनाई छ ।

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार