काठमाडौं – बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर किसानले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उचित बजार मूल्य नपाएको भन्दै अण्डा र कुखुरा सडकमा फालेर विरोध गरेका हुन् ।

किसानहरुले सयभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने उचित बजार मूल्य पाउनु पर्ने पनि माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ । केही दिन अघि चितवनका किसानले पनि तरकारीको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर विरोध गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार