एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह मंगलबार भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेसमा सम्पन्न भएको छ ।उनीहरुको बिहेमा बलिउडका धेरै जसो सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो ।

जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा प्यालेसमा विवाह गरेका थिए । उनीहरूले विवाहका तस्बिरहरू सामािजक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । बिहेपछि रिसेप्शन पनि भयो र राति अबेरसम्म दुवैको विवाहको तस्बिर बाहिर आएको थियो । भब्य तरिकाले बिहे गरको उनीहरुको बिहेका लागी कोठा मात्र ९४ वटा बुक गरिएको थियो ।

कियारा र सिद्धार्थ विगत ३ वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा फिल्म ‘शेर शाह’को सेटबाट सुरु भएको थियो ।समाचारका अनुसार अहिले सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी हनिमुनमा जान पाउने छैनन् । सिद्धार्थ र कियाराको काम अझै बाँकी रहेको बताइएको छ । यही कारणले उनले आफ्नो भ्रमण स्थगित गर्न लागेका हुन् ।

हाल उनी चर्चित फिल्म निर्माता रोहित शेट्टीको सिरिज इन्डियन पुलिस फोर्सको सुटिङमा व्यस्त थिए । शृङ्खलाको केही सुटिङ बाँकी छ । यससँगै कियारा अहिले केही कामको प्रतिबद्धतामा बाँधिएकी छिन् । यस्तो अवस्थामा उनलाई अहिले छुट्टीमा जान असम्भव भएको छ । खबरको विश्वास गर्ने हो भने यी स्टारहरु हनिमुनका लागि माल्दिभ्स जाने योजनामा छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार