झापा । झापामा एकचरण एकीकृत जनक्रान्तिमा भुमिका निर्वाह गरिसकेका सौगात आचार्य र सुरेन्द्र मिश्र नेपाल कम्युनिस्ट पार्टिमा ध्रुबिकृत भएका छन ।

प्रतिबन्धको एउटा समय सम्म सो पार्टिको जिल्ला तहको नेतृत्व गरिसकेका सौगात परिस्थितिमा आएको फेरबदल संगै तात्कालिन डबल नेकपामा गएका थिए र सो पार्टिको प्रदेश सदस्य बनेका थिए । उक्त पार्टिमा आएको बिभाजन संगै राजनितिक रुपमा निस्कृय तर झापामा कृषि उत्पादनको काम गरिरहेका सौगात नेपाल कम्युनिस्ट पार्टिका मेची ब्युरो ईन्चार्ज सुमनसिंह सी र झापाका नेताहरु संगको छलफल पछि पार्टिमा ध्रुबिकृत भएका हुन ।

ध्रुबिकरणको क्रममा उनले अनुभूति र प्रतिबद्धा मन्तव्यको क्रममा भने। परिस्थिती चुप लागेर बस्ने भएन, त्यसैले ढिला नगरी पार्टिमा ध्रुबिकृत हुन आए । मेरो कुनै सर्त छैन, देश संकटमा छ । यहि पार्टिले मात्रै हो यो देश जोगाउन सक्ने त्यसैले अब योगदान दिन ढिला नगरी आउनु पर्ने ठानेर फेरि जुट्न आए । मैले सकेको योगदान आन्दोलनमा गर्नेछु । त्यस्तै अर्का युवा नेता सुरेन्द्र मिश्रले पनि एकीकृत जनक्रान्तीले मात्रै जनतालाई आफ्नो सत्ता दिने भएकाले सबै गोलबद्ध हुने समय आएको बताए । आफ्नो ध्रुबिकरण त्यही प्रकृया भएको बताएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार