झापा । दुई दिन सम्म चलेको नेपाल कम्युनिस्ट पार्टी झापाको बैठक सम्पन्न भएको छ । झापाको सताक्षीमा सम्पन्न बैठकले झापाली जनता माथि थोपरिएका बिबिध संकटहरु बारे मसिनो गरी छलफल गर्दै जनतालाई सुरक्षा दिने र जनता बिरुद्धका गतिबिधी बारे संघर्स गरेर अगाडि बढ्ने निर्णय लिएको छ ।

बैठकमा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सि को प्रमुख आतिथ्यता र केन्द्रीय सल्लाहाकर सदस्य होम सि को आतिथ्यता रहेको थियो । बैठकमा ब्य्रो इन्चार्ज सिंहले झापाली जनता माथि ल्घुबित्त, मिटर ब्याजी, बैंक र ठग हरु चर्को शोषण गरिरहेको साथै भारतीय पक्षबाट सिमाना क्षेत्रमा ब्यापक रुपमा नेपाली भुमी मिचेको, भारिय पक्षको जताततै हस्तक्षप बडीरहेको, किसान हरुमाथी शोषण भएको, महिला हिंसा बडेको, सामाजिक असुरक्षाका घटनाहरु उल्लेख्य रुपमा बडेको, दलित हरुमाथी अन्याय बडेर गएको लगायतका घटनाहरु देखिएको बताउंदै यसले झापामा जनता माथि कस्तो प्रकारको स्थिती छ भन्ने देखाएको बताउंदै जनता र राष्ट्रको हितमा हुने गरी जनताको बिद्रोहको नेत्रित्व पार्टीले गर्नु पर्ने बताए । सुमनसिंहले जनतालाई अत्याचारको बिरुद्ध संघर्समा आउन पार्टिले अपिल गर्नु पर्ने बताए ।

सुमनसिंहले भने – अत्याचारले सिमा नाघेको छ सचेत जनता निराश हुने हैन बिद्रोहमा आउने समय भएको छ । उनले यो ब्यवस्था असफल भएकोले अब बैज्ञानीक समाजवादी सत्ता स्थापना गर्दै देशको जिम्मा लिन पार्टी तयार हुनु पर्ने उल्लेख गरे । बैठकमा संगठन, संघर्स, आर्थिक, उत्पादन लगायतका बिषयमा महत्वपूर्ण निर्णय लिइएको छ ।

बैठकमा पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्लाका इन्चार्ज प्रशान्तले झापाली जनताको बिचमा मडारिएको बिद्रोहको नेत्रित्व पार्टिले गर्ने बताए । उनले जनता र देशको निम्ती आफ्नो पार्टी बलिदान दिन तयार रहेको बताए । बैठकको अध्यक्षयता तथा संचालन पार्टीका जिल्ला सचिब संजय सि ले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार