काठमाडौं, १ फागुन । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

यही फागुन ८ गतेदेखि कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात्  पाँच करोड ४४ लाख पाँच हजार ३०० रुपैयाँ बराबरका प्रतिशेयर रु एक सय दरका पाँच लाख ४४ हजार ५३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ का बासिन्दाका लागि दुई लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ बाहेकका बासिन्दाका लागि दुई लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार ८११ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

स्थानीय र वैदेशिक लगानिकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार