आज ३ फाल्गुण २०७९ बुधवार को राशिफल

मेष – मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मिथुन – मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस मारेको काम बन्नसक्छ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ ।

सिंह – सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिन्छ । पढाइलेखाइमा पनि समय दिन सकिँदैन ।

तुला – तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु – धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।

कुम्भ – कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

बृष – वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै समाचारले मनमा खुसियाली छाउला । धार्मिक कार्य सफल रहनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट – कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या – कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक – वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर – मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता मिल्नेछ ।

मीन – मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार