काठमाडौँ । भगवान् विष्णुको रूपमा लिइन्छ तुलसीलाई । तुलसी हरेक हिन्दुहरुको घरमा, मन्दिरको नजिक मोठ नै बनाएर रोपेर विशेष पूजा अर्चना गर्ने गरिन्छ । एकाबिहानै नुहाएर, पूजा गरेर तुलसीमा जल चढाउँदा माता लक्ष्मी खुशी हुन्छिन् भन्ने विश्वास हिन्दु धर्ममा परापूर्व कालदेखि नै चलीआएको हो । तर जल कहिले र कसरी चढाउने भन्ने कुराहरुको पनि शास्त्रमा नियम छ । नियम संगत गरेका कामले पुयण् पाउने र नियम नमानेका काममा फल आउनु भन्दा पनि त्यसको बेफाइदा हुने गर्छ ।

किन आइतबार हाल्नु हुन्न तुलसीमा पानी ?

धार्मिक शास्त्रका अनुसार तुलसीमा आइतबार जल चढाउनु हुन्न । आइतबार तुलसीले भगवान विष्णुका लागि निराहार वब्रत बस्ने भएका कारण यस दिनमा तुलसीमा पानी हाल्दा उनको ध्यान भंग हुने भएका कारण भुलेर पनि पानी हाल्नु हुँदैन ।

एकादशीमा पनि चढाउनु हुन्न तुलसीमा जल

हिन्दु धर्मशास्त्रका अनुसार हरेक महिना कृष्ण पक्ष र शुक्ल पक्षमा एकादशी तिथी पर्ने गर्छ । सबै एकादशी तिथी भगवान विष्णुका लागि अति प्रिय भएका कारण यस दिनम ापनि माता तुलसीले भगवान श्रीहरीका लागि निराहार ब्रत बस्ने भएकाले जल चढाउन हुन्न । चल चढाएमा माता तुलसी रिसाउने र श्राप दिने धार्मिक विश्वास छ । जसका कारण मानिस गरिब बन्ने किवंदन्ती पनि छ ।

तुलसी सबैभन्दा राम्रो औषधी

तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । हामिलाई लाग्छ तुलसीलाई मठमा पुजा गर्नको लागि मात्र रोप्ने गरेका छौ धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको छ । तर तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ ।

तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लने गरिन्छ । त्यसैले हरेक मानिसको घर घरमा यस्को बोट रोप्ने गरिन्छ । तुलसीलाई स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ । जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।

यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याको राहत मिल्छ । पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।यो सेवन गर्नाले बच्चाका लागिसमेत एकदम उपयोगी हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार