हल्दिबारी । मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि भेषराज खनाल हराएको सात दिनपछि हल्दिवारीको जलथल जंगलमा मृत फेला परेका छन् ।

मेचीनगर नगरपालिका १० बस्ने नरहरी खनालका छोरा ४८ वर्षिय भेषराज खनाल गत माघ २५ गते अन्दाजी बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । तर खनाल रातिसम्म सम्पर्कमा नआएपछि उनका भाइ तोयानाथ खनालले भोलिपल्ट बिहान ९ः४० बजे ईलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए । उनको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी खटाइएको थियो । त्यस्तै प्रहरी कार्यालयहरुलाई हुलिया परिपत्र गरी खोजतलास गर्न आदेश दिइएको थियो ।

त्यसक्रममा बुधवार दिउँसो २ बजे हल्दिबारी गाउँपालिका ५ स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुन्डीएको अवस्थामा उनी मृत फेला परेका हुन् । स्थानीयले शव झुन्डिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । कालो झोलासहित खनाल हराएको हुलिया परिवारले दिएका थिए । शवसंगै कालो झोला देखेपछि खनाल नै हुनसक्ने भनेर अनुमान गरेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले हराएकै दिन खनालले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइए छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार