काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाललाई अनुदानस्वरुप दिन ल्याएको चामल खान अयोग्य (कुहिएको) फेला परेको छ ।डब्लूएफपीले नेपालका विभिन्न जिल्लामा वितरण गर्ने उद्देश्यले इटालीबाट आयात गरी ल्याएको चामल कुहिएको फेला परेको हो ।

नेपालका विभिन्न जिल्लाका सर्वसाधारणलाई वितरण गर्न डब्लूएफपीले इटालीबाट ल्याएको चामल नेपालगन्ज भन्सार नाकामार्फत भित्र्याउने प्रक्रियामा थियो । त्यसैक्रममा भन्सार कार्यालयले गुणस्तर परीक्षण गर्दा चामल कुहेको र खान अयोग्य देखिएको हो ।

नेपालका विभिन्न कार्यालयले १७ माघमा डब्लूएफपीले आयात गरेको चामल खान योग्य छ कि छैन भन्दै विश्लेषण तथा कन्साइन्मेन्ट निरीक्षणका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पठाएको थियो । समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार