हल्दिबारी, ४ फाल्गुण । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४९ औं जिल्ला अधिवेशन बाट चौथो कार्यकालको लागि लोकराज ढकाल समापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

आज भएको उम्मेद्धारी दर्तामा सभापति, उपसभापति, महिला उपसभापति, मन्त्रि, उपमन्त्रि र कोषाध्यक्षमा कसैको पनि उम्मेद्धारी नपरे पछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

नव निर्वाचित उपाध्यक्षमा मित्रदेव काफ्ले-गौरादह, महिला उपाध्यक्षमा मञ्जु सिटौला पोखरेल-भद्रपुर, मन्त्रिमा चन्द्रप्रसाद चुँडाल-कन्काई, कोषाध्यक्षमा ओम प्रकाश गौतम बाह्रदर्शी, उपमन्त्रिमा प्रकाश खरेल-गौराहदह निर्विरोध निर्वाचित हुनु भएको छ भने उपकोषाध्यक्षमा २ जानको उम्मेद्धारी परेकोमा शतक रक्तदाता तथा संचारकर्मी समेत रहेका नेत्र बिक्रम बिमलीले उम्मेद्धारी फिर्ता गरेपछि बिर्तामोड निवासी हेम खड्का उपकोषाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

त्यसै गरी महिला सदस्यमा ७ जनाको उम्मेद्धारी परेपनी सहमतीमा कुशुम कोइराला मेचीनगर, शर्मिला अधिकारी भद्रपुर, सिता भण्डारी भद्रपुर सदस्यमा निर्वाचित हुनु भएको छ । सहमतिका लागि छलफल चल्दा कचनकवलकी सेलुतुन खातुन, विर्तामोडकी शिला भट्टराई बराल, बाह्रदशीकी रुपा राई, बाह्रदशीकै सरिता खड्काले उम्मेद्धारी फिर्ता लिए पछि कोईराला, अधिकारी र भण्डारी निर्वाचित हुनु भएको छ ।

त्यस्तै ७ जना सदस्यका लागि १६ जनाको उम्मेद्धारी परेको र सहमतिको प्रयास भइ रहेको सभापति लोकराज ढकालले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार