काठमाडौँ । नेपालले स्कटल्याण्डमाथि ३ विकेटको शानदार जित हासिल गरेको छ । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछाएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले शानदार ब्याटिंग गरेका थिए । दिपेन्द्र सिंह ऐरीले अविजित ८५ रन बनाए भने कुशल मल्लले ६७ बलमा ८१ रनको उत्कष्ट पारी खेलेका थिए ।

यो बाहेक नेपालका लागि गुलशन झाले १७ रन, कुशल भुर्तेल १६, आसिफ सेख, ९, ज्ञानेन्द्र मल्ल ४, रोहित पौडेल ६ र सन्दीप जोरा ५ रन बनाएर आउट भएका थिए । त्यस्तै सोमपाल कामीले अविजित २४ रन बनाएका थिए ।

त्यस्तै स्कटल्याण्डका बलर क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए भने माइकल लीस्कले एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लीस्कले शतकीय पारी खेलेका थिए । उनले ७९ बलमा आफ्नो शतक पुरा गरेका थिए ।

लीस्कले अविजित १०७ रन बनाए भने ज्याक जार्भिसले २६ रन बनाए । त्यस्तै क्रिस्टोफर म्याक ब्रिज र ब्राण्डन म्याकमुलेनले २२-२२ रन बनाएका थिए । त्यस्तै रिचे बेरिंगटन र टोमास म्याकोनटोसले १९-१९ रन बनाए । त्यस्तै मार्क वाटले १९ र क्रिस ग्रीभ्सले १६ रनको योगदान दिएका थिए ।

नेपाली बलर सन्दीप लामिछानेले सर्बाधिक ३ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालको आइसिसी विश्वकप क्रिकेट लिग २ को अंक तालिकामा २६ खेलमा २२ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने ३४ खेलमा ४८ अंक रहेको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार