आज – ०८ फाल्गुण २०७९ सोमवार को राशिफल

मेष – मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन – मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह – सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

तुला – तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।

धनु – धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।

कुम्भ – कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।

बृष – वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

कर्कट – कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कन्या – कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।

बृश्चिक – वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।

मकर – मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।

मीन – मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा मन प्रसन्न रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार