काठमाडौं – ग्यास चुहावट भए पछि जलेर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको बताइएको छ ।

अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको बताइएको छ । भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको पनि बताइएको छ ।

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर अमुल मात्रेले बताए । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत् खाना खान सुरु गरेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार