भैरहवा, ८ फागुन । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दे १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए ।

देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु माानसिक तनावमा आई पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनकाे भनाइ छ  ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै साे अभियान जारी राखने उनले जानकारी दिए ।

उनका अनुसार देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेकाे भन्दै व्यवसायीमैत्री वातावरण बनाउन प्रसाईकाे माग छ ।

आम नागरिकलाई गणतन्त्र नलागेकाे तर  व्यापारी र नेताहरुलाई गणतन्त्र लागेकोले उनै दलाल, माफिया सामान्तीहरुले देश सक्ने  लागेकाे उनकाे भनाइ छ । उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए ।

‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत व्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’ उनले भने । संसारमै नभएको कर नेपालमा रहेकाे उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघहरु पनि पिडितको पक्षमा नआएको आरोप लगाए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार