हल्दिबारी, १० फागुन । आज हुने खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज भिड्नेछन् । मछिन्द्र लिग च्याम्पियन टोली रहेकाेले दोस्रो दिनको विजेता रहेकाे चर्च ब्वाइज संग सिधै खेल्न पाउने छ ।

प्रतियोगिता अनुसार पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो । भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्ड कपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ ।

पहिलो संस्करणको मुस्ताङ भद्रपुर झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार