आज -११ फाल्गुण २०७९ बिहिवारको राशिफल

मेष – मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मिथुन – मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

सिंह – सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

तुला – तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

धनु – धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त तथा अग्रजहरू सँग विवाद बढ्नसक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नसक्छ, तर प्रेमीको साथ पाइनेछ ।

कुम्भ – कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष – वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट – कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

कन्या – कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

बृश्चिक – वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर – मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मीन – मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार