झापा, फागुन ११ । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् ।

अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन शुरु गरेको छ । बिहीवार पहिलो दिन नै एक सय ११७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्याम प्रसाद कडरियाले जानकारी दिनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको औषधि सेवन कार्यक्रममा महोत्सवमा सहभागीले उतहित हुँदै औषधि सेवन गरेको बताइएको छ ।

पहिलो दिन भएपनि औषधि खान जनसाधारण उत्साहित हुँदै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाले बताउनुभयो । महोत्सवमा सहभागी मध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रवारबाट साँझ सात बजेसम्म महोत्सव स्थलमा वसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार