काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् ।

“चुनाव अघि एउटा गठबन्धन , चुनाव पछि अर्को गठबन्धन , दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ?” भनी प्रश्न गर्दै थापाले जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत उनले बताए ।

काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो । राप्रपा नेपाल प्रती सकारात्मक धारणाको बिकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो-आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार