नकपुर, फागुन १५ –प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्। फरार हुनेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया रहेका छन् ।

मुखिया हतकडीसहित आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबा भागेको बताइएको छ । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उनी धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा फरार भएका हुन् ।

उनको खोजी कार्य तीव्र बनाइएको बताइएको छ । प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार