बिर्तामोड, १५ फागुन । झापाको अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

फाउण्डेशनको प्राङ्गणमा आज विविध कार्यक्रमका साथ १६ औं वार्षिकोत्सव सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले पानसमा बत्ति बालेर वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोम्देनले बालबालिकालाई अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्नेमा दिनुभयो । “विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा गराउनु पर्छ”, उहाँले भन्नुभयो, “विदेशमा खेलाडी र कलाकारको धेरै इज्जत र मान छ, धेरै पैसा कमाउनेमा उनीहरु नै पर्छन् ।” किताबी ज्ञानसँगै विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले नगर क्षेत्रमा सामुदायिक भन्दा पनि निजी विद्यालय धेरै रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरे पनि नगर शिक्षा समितिले निजी विद्यालयलाई अवमूल्यन गरिरहेको आरोप लगाउनुभयो । उहाँले निजी विद्यालयलाई नगर शिक्षाले प्राथमिकता दिएर सोही अनुरुप व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फाउण्डेशनका उत्कृष्ट शिक्षक बालकुमारी आचार्यलाई नगदसहित सम्मान गरिएको थियो भने विद्यालयका कक्षागत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गान, राष्ट्रियता झल्कने नृत्य, गीत, नृत्य, कविता, स्पीच लगायत प्रस्तुत गरेका थिए ।

विद्यायलका संस्थापक अध्यक्ष खड्ग गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत फाउण्डेशनकी प्रिन्सिपल शान्ता गिरीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक बासुदेव बरालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद तिम्सना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कक्षा–८ सम्म पठनपाठन हुने विद्यालयमा झण्डै ४५० विद्यार्थी अध्ययनरत् छन । त्यस्तै, ३२ जना शिक्षक तथा कर्मचारी रहेका छन् । हिमाली फाउण्डेशन अर्जुनधारा नगरक्षेत्रको उत्कृष्ट विद्यालयमा पर्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार