झापा । बेलायत (युके)मा बिएससी नसिङ अध्ययन गर्न चाहने दुई सय जना नेपाली बिद्यार्थीलाई सत-प्रतिशत छात्रबृत्ति प्रदान गरिने भएको छ । यसै बर्ष सन् २०२३ लाई लक्षित गरी युकेको युनिर्भसिटीले दुई सय नेपाली बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गर्न लागेको राइट एजुकेशन सर्भिसेस बिर्तामोडले बिहीवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

राइट एजुकेशन सर्भिसेसका प्रबन्ध निर्देशक नबिन बोहोराका अनुसार बिएससी नसिङ अध्ययनका लागि जाने बिद्यार्थीले ३ बर्ष अध्ययन गर्ने र २ बर्ष काम गर्न पाउनेछन् ।
अध्यनका लागि जाने बिद्यार्थीले आयल्स(आईईएलटिएस) कम्तिमा ६.५ अंक ल्याएको साथै एचएससी, बायोलोजी र केमिस्ट्रीमा ७० प्रतिशत अंक ल्याएको हुनुपर्ने प्रवन्ध निर्देशक बोहोराले जानकारी दिए । अध्यनका लागि जाने बिद्यार्थीले फारम भर्ने अन्तिम मिति २७ मार्चसम्म मात्र रहेको जनाइएको छ । अध्ययन अवधीमा विद्यार्थी लाई आवस्यक खर्च समेत कलेजले सहयोग गर्ने बताईएको छ।

राइट एजुकेशन सर्भिसेसले अस्टेलिया , युएसए, युके, क्यानाडा, लगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको प्रबन्ध निर्देशक बोरोराले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार