हल्दिवारी, २२ फागुन । हल्दिबारी गाउँपालिकामा आज ( सोमबारदेखि ) शैक्षिक सुधारका लागि सीसी क्यामेरा ‘एप्स’ सञ्चालनमा आएको छ एप्सको पुर्व उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । लिङ्गदेनले आफ्नो सम्बोधनमा सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य भएकोले सबैले इमानदारीका साथ काम गर्नुपर्ने बताउनुभयो । प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता रहेको समेत लिङ्गदेनले औंल्याउनुभयो ।
गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले कार्यक्रममा जानकारी दिनुभयो । एप्सको माध्यमबाट प्रविधिको प्रयोग गरेर अनलाइनबाटै विद्यालय अनुगमन हुने उहाँको जिकिर रहेको थियोे । “एप्सबाट अभिभावकले आफ्ना नानीबाबीहरु विद्यालय गए-नगएका सोझै देख्न सक्नेछन्”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको गतिविधि नियाल्न सकिन्छ ।” एप्सबाट कक्षामा शिक्षकले के गर्दैछन्, विद्यार्थी उपस्थित भए नभएको हेर्न सकिने भएकोले उपयोगी हुने समेत अध्यक्ष लिङ्गदेनको भनाई थियोे ।
१४४ सीसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीहरुले आफैँ निर्माण गरेका हुन् विद्यालयमा भएका कमीकमजोरीलाई नियालेर शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक काम गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।
गाउँपालिका हाताभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिसकिएको छ भने प्लेस्टोरबाट मोबाइलमा एप्स डाउनलोड गरेर हेर्न सकिने व्यवस्था समेत मिलाइएको एप्सका बारेमा गाउँपालिकाका आइटी अफिसर सुशील कडरियाले जानकारी दिनुभएको थियो । एप्स डाउनलोड गर्न र प्रयोग गर्न भने गाउँपालिकाबाट अनुमति लिनुपर्ने छ ।
कार्यक्रममा झापा क्षेत्र नं. ३ (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्व बराल, प्रमुख जिल्ल अधिकारी शिवराम पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिक, हिल्दबारी–१ का वडाध्यक्ष लगातयले मन्तव्य राख्नु भएको थियोे । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले गर्नुभएको थियो भने ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार