काठमाडौं, २३ फागुन । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार