काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्।उनले अभिनेता तथा प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन् ।

उनले तस्विर सेयर गर्दे लेखेकी छन् ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला,’ । बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

यो जोडी लामो समय देखी प्रेममा रहेको थियो । विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् मानवले फिल्म ‘अन्तराल र चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार