काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ ।राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।

सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरेका छन ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार