झापा, २६ फागुन । बिर्तामोडमा सुजुकीकाे दुई वटा नयाँ ब्राण्ड गाडी सार्वजनिक गरिएको छ । उत्त ल्यायाे ग्राण्ड भिटारा र नयाँ ब्रेजा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सार्वजनिक गरेका छन । ग्राण्ड भिटाराको बजार मूल्य ७९ लाख ९९ हजार र ब्रेजाको मूल्य ४८ लाख ९९ हजार रहेको जनाइएको छ ।

बिर्तामोडस्थित आरए ट्रेडर्स अटोले आज एक कार्यक्रमका बीच नेपालमै पहिलो पटक सुजुकीले ग्राण्ड भिटारा र ब्रेजा ब्राण्डका दुई वटा गाडी सार्वजनिक गरिएको हो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, आरए ट्रेडर्स अटोका अध्यक्ष राजेन्द्र थापा लगायतले गाडी सार्वजनिक गर्नु भएको हो ।

गाडी सार्वजनिक समारोहमा प्रमुख अतिथि अध्यक्ष शिवाकोटीले नेपालमा नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिनु सुखद् भएको बताउनुभयो । उहाँले सुजुकीको नयाँ मोडलले राम्रो बजार लिने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा व्याप्त आर्थिक संकटले व्यवसायीहरु मारमा परेको बताउँदै उहाँले व्यवसायीलाई राहत मिल्ने खालका योजना सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आरए टे«डर्स अटोका अध्यक्ष आफूले ३५ वर्षदेखि व्यवसाय गर्र्दै आएको बताउँदै नयाँ सुजुकीको गाडी स्तरीय हुने बताउनुभयो । उहाँले व्यवसायको माध्यमबाट अर्थोपार्जन र रोजागरी सिर्जना भए पनि राज्यले बेवास्ता गरेको बताउनुभयो ।

कार्यक्रममा सुजुकी गाडीका पूर्वाञ्चल रिजनल सेल्स अफिसर विशाल दाहालले गाडीको फिचरका बारेमा जानकारी दिनुभएको थियो । उहाँले हाइब्रिड प्रविधिको गाडी भएकाले माइलेज राम्रो दिने समेत बताउनुभयो ।

ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै “Crafted Futurism Design Language” को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।

सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फूल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार