जलथल, २६ फाल्गुण । हल्दिबारी–४ मा रहेको श्री पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन यहि चैत्र ४ गते हुने भएको छ ।

आज निर्बाचन समितिले निर्बाचन कार्य तालिका तथा मनोनयन दर्ता शुल्क समेत सार्वजनिक गर्दै निर्बाचन कार्य तालिका सार्वजनिक गरेको छ । निर्बाचन कार्य तालिका अनुसार मनोनयन दर्ता भोलि २०७९/११/२७ गते शनिबार बिहान ८ः०० बजे देखी दिउसो १२ः०० बजे सम्म रहने छ । त्यस्तै उम्मेद्धारी माथी दावि बिरोध २७ गते शनिबारै १२ः०० देखि ३ः०० बजे सम्म ।

त्यसै गरि उम्मेद्धारी फिर्ता २८ गते आईतबार दिउँसो ३ः०० बजे सम्म त्यस्तै उम्मेद्धारको अन्तिम नामावली प्रकाशन २८ गते आईतबार ५ः०० बजे । निर्बाचन समितिका संयोजक योगेश कार्कीका अनुसार २९ गते सोमबार ८ः०० बजे उम्मेद्धारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ । निर्बाचन समितिले जारी गरेको सुचना अनुसार २९ गते सोमबार देखी चैत्र २ गते बिहिबार राति १२ः०० बजे सम्म उम्मेद्धार हरुले प्रचार प्रसार गर्नु पाउने छन् । निर्बाचन कार्य तालिका अनुसार चैत्र ४ गते शनिबार बिहान ८ बजे देखी ३ बजे सम्म निर्बाचन हुने छ ।

त्यसै गरि निर्बाचन समितिले अध्यक्षका उम्मेद्धारका लागि शुल्क ३ हजार, उपाध्यक्षका लागी २५सय, सचिवका लागि २२ सय, कोषाध्यक्ष २ हजार, सह सचिव १५ सय र सदस्यका लागि १२ सय शुल्क तोकिएको निर्बाचन समिति सदस्य जय दाहालले बताए ।

निर्बाचन कार्यतालिका सहितको बिबरण तल हेर्नुहोस :

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार