इलाम । कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ ।  प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

कोशी प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त सङ्घर्ष समितिले गाउँपालिकासहित वडा कार्यालयमा तालाबन्दी गरेपछि पालिकाबाट प्रवाह हुँदै आएको सेवा प्रभावित भएको छ ।

आन्दोलनकारीले माङसेबुङ गाउँपालिका कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि आन्दोलनकारीहरूले माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिका ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिका र वडाको कामसमेत ठप्प भएको बताइएको छ ।

‘लिम्बुवान किरात’ संयुक्त सङ्घर्ष समितिले शुक्रबार साझा पालिकासहित  वडा कार्यालयमा तालाबन्दी गर्दै कोशी प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुनःनामाकरण गर्न माग गरेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार