बनियानी । कचनकवल गा.पा. वडा नं. ३, डाँगीबारीमा रहेको मोति मा.वि. मा प्रकोप, विपद, विपद पुर्वको तयारी, प्रतिकार्य, विपद जोखिम न्युनिकरण तथा आगलागि नियन्त्रण सम्वन्धि कृतिम घटना अभ्यास सम्पन्न भएको छ ।

हामी स्वयंसेवी समुह मोति मा.वि. का उपाध्यक्ष गायत्री राजवंशीको अध्यक्षता तथा विद्यालय स्तरिय कार्यन्वयन समितिका संयोजक प्रधान अध्यापक छवीलाल बस्नेतका अतिथित्यमा उक्त कृतिम घटना अभ्यास तालिम सम्पन्न भएको छ ।

उक्त अभ्यास तालिममा सहजकर्ता रेडक्रसकर्मी भक्त वि.क. ले मोति मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई प्रकोप, विपद, विपद पुर्वको तयारी, प्रतिकार्य, विपद जोखिम न्युनिकरण तथा आगलागि नियन्त्रण सम्वन्धमा अभिमुखिकरण गर्नु भएको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रममा जलथल जंगल मोति मा.वि. क्षेत्रमा रहेकोले बनमा हुन सक्ने आगलागिका बारेमा समेत चर्चा गरिएको विद्यालयका प्र.अ. छविलाल बस्नेतले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार