जलथल, २७ फाल्गुण । हल्दिबारी–४ मा रहेको पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा २७ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गरेका छन् ।

निर्वाचन समितिले जानकारी दिए अनुसार अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह सचिवमा २ जनाले उम्मेद्धारी दर्ता गरेका छन । त्यसै गरि ३ वटा क्षेत्र विभाजन गरि उम्मेद्धार दर्ता गरेको मा एक नं. क्षेत्रबाट ४ पुरुष २ महिला, २ नं. क्षेत्रबाट ३ पुरुष २ महिला, ३ नं. क्षेत्रबाट २ पुरुष २ महिलाले उम्मेद्धारी दर्ता गरेको निर्वाचन समिति संयाेजक याेगेसले जानकारी दिएका छन् ।

बन नियम अनुसार उपाध्यक्ष, कोषाध्यक्ष र प्रत्येक क्षेत्रबाट एक एक जना महिला लाई अनिवार्य गरिए अनुसार राधाकुमारी गेलाल र शर्मिला लामिछानेले उपाध्यक्षमा उम्मेद्धारी दिएका छन । त्यसै गरी कोषाध्यक्षमा मञ्जु देवी सुवेदी दाहाल र मनिता अधिकारी गौतमले उम्मेद्धारी दर्ता गरेको समितिका सदस्य जय प्रकाश दाहालले जानकारी दिएका छन्। अध्यक्ष पदको लागि भने केदार प्रसाद उप्रेती, शेखर दाहाल र सागर पोर्तेलले उम्मेद्धारी दर्ता गराएका छन । त्यस्तै सचिवकोलागी कुमारी दाहाल मैनाली, सालीग्राम पराजुलीले उम्मेद्धारी दिएका छन् । त्यसै गरि सह सचिवमा जीवन कुमार दाहाल, लिलानाथ सिक्देल र भरत ढकालले उम्मेद्धारी दिएका छन् ।

 

सदस्यहरुमा क्षेत्र नं १ बाट आेमकृष्ण पाैडेल, नविन निराैला, विष्णु दंगाल, मुनिराम खरेल, सिता अधिकारी खनाल र सपना लिम्बु महिला सदस्य त्यस्तै क्षेत्र नं २ बाट खगेन्द्र अाचार्य, दिल कुमार राजवंशी, दिलिप कुमार शाह, कुमारी प्रसाइ र दिपा खनाल घिमिरे महिला सदस्य उम्मेद्धारी दर्ता गरेका छन् भने क्षेत्र नं ३ बाट कृष्ण प्रसाद प्रसाइ, बिरबल विष्ट ,तारादेवी आेली र सृजना पराजुली ले महिला सदस्यमा उम्मेद्धारी दर्ता गरेकाे निर्वाचन समिति सदस्य दिपा बास्काेटाले बताइन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार