काठमाडौं । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ । स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

सन्दीपले ५ ओभर १ बलमै तीन विकेट चट्काएका हुन् । तेस्रो नम्बरमा खेलेका सेसे बाउलाई आउट गर्दै विकेटको खाता खोलेका सन्दीपले पीएनजीका कप्तान असद भालालाई आफ्नो दोस्रो शिकार बनाए । यसैगरी सन्दीपको बलमा चार्ल्स अमिनी पनि पनि आउट भएपछि पीएनजी सस्तोमै समेटिने सम्भावना देखिएको छ ।

नेपाललाई आज पनि ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । चौथो ओभरमा उनले पीएनजीका ओपनर किप्लीन डोरिगाको विकेट लिएपछि पीएनजीले लगातार विकेट गुमाइरहेको छ ।

दोस्रो विकेटका रूपमा सोमपाल कामीले हिरीहिरीलाई आउट गरे । यसैगरी राजवंशीले आफ्नो रिली हाकुरेलाई आफ्नो दोस्रो शिकार बनाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार