झापा । अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ ।

आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् । वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।

विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्कोलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै बहस भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार