बिर्तामोड । सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको ३९औं वार्षिकोत्सव तथा सम्मान समारोह भव्य रुपमा सम्पन्न भएको छ । का.वा. सभापति पं.सोमनाथ सुवेदीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा सामाजिक एवं धार्मिक व्याक्तिहरु नबिन दंगाल, नैनकला भट्टराई र मोहन प्रसाद भट्टराई सम्मानित हुनुभएको थियोे। शिक्षा सेवी गणेश प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.रुपक प्रसाद खनाल ,सोमनाथ पोर्तेल , देवीभक्त श्रेष्ठ , राजु न्यौपाने , सोमनाथ गौतम , नारायण प्रसाद भट्टराई ,पराङ्कुश पौडेल , देवनारायण चुडाल, बद्री प्रसाद उप्रेती, याम कुमार चुडाल, बेदप्रकाश अग्रवाल, टीकादेवी चुडाल , कृष्णमाया दाहाल, गंगा प्रसाद प्रसाई , राधिका चुडाल , झुमा चुडाल, कमला खरेल , यज्ञप्रसाद खरेल, गोमा भट्टराई , जिवनाथ भट्टराई, भरतमणि भट्टराई , यसोदा उप्रेती , देवीमाया सिवाकोटी , तिलोत्तमा खत्री, संगीता गिरि, शर्मिला अधिकारी , चिरञ्जीवी काफ्ले लगायतको आतिथ्यता रहेकोे थियो ।

योगेन्द्र राज खनाल , बलराम खनाल , रामप्रसाद दाहाल, र नरबहादुर खड्काले अतिथिहरुको सम्मान गर्नुभएको थियो । सभाध्यक्ष सोमनाथ सुवेदीको अगुवाईमा ओमकार उच्चारण गरी सुरु गरिएको कार्यक्रममा उपसभापति गङ्गाप्रसाद भट्टराई बोझेले स्वागत मन्तव्य , सदस्यहरु हेम प्रसाद खनालले स्वस्ति वाचन ,लक्ष्मीप्रसाद खनालले जगदिश्वर स्तुति , हस्त परियारले रास्ट्रगान गायन गर्नुभएको थियो।प्रमुख अतिथि गणेश प्रसाद खनालले दीप प्रज्वलन र ब्यानर पढेर कार्यक्रमको समुदघाटन गर्नुभएको थियो। सम्मानित व्याक्तित्वको परिचय यामकुमार चुडाल, राजु न्यौपाने र लक्ष्मीप्रसाद दंगालले गराउनु भएको थियोे। सोमनाथ पोर्तेल, देवीभक्त श्रेष्ठ, बद्रीप्रसाद उप्रेती र टीका देवी चुडालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। सचिब लक्ष्मीप्रसाद दंगालबाट सम्मान पत्र वाचनगरी प्रमुख अतिथि र सभाध्यक्षले सम्मान पत्र समर्पण तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार