काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ का अन्तिम तीन शृङ्खलामा चामत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।

लिगको अन्तिम खेलमा डीएल मेथडका आधारमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको हो। यो जितसँगै अङ्कतालिकामा नेपालको ४० अङ्क पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।

यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरे। नेपालका लागि भीम सार्की, आरिफ शेख, कुशल भुर्तेल र गुल्सन झाले अर्धशतक प्रहार गरे।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार