बिर्तामोड , चैत ३ । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको बिरोधमा झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । प्रदर्शनमा अनुदान कटौतिको बिरोध स्वरुप किसान तथा किसानपक्षधर व्यक्तिहरुले बोरा ओढेर सहभागिता जनाएका थिए ।

 

हातमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका उनिहरुले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषी ऋण उपलब्ध गरा लगायतका नारा लगाउदै प्ले कार्ड प्रदर्शन गरेका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आवहानमा भएको प्रदर्शनमा झापाको बिभिन्न पालिकाका किसानहरुले सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिनुभयो ।


कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक र सुरेश कुमार पोख्रेल लगायतले सम्बोधन गरेका थिए । उनिहरुले राष्ट्रलाई नै पाल्ने भुमिका निर्वाह गरेका किसानहरुलाई राज्यले आर्थिक विभेद र दमन गरेको भन्दै अनुदान कटौति तत्काल फिर्ता गरी किसानहरुलाई थप राहातका कार्यक्रमहरु ल्याउन माग गरेका थिए । उनिहरुले कृषी बिमा निशुल्क गर्न, ५० प्रतिशत भन्दाबढी अनुदान दिन, कृषी उत्पादन बढाउन र कृषी उद्योग स्थापना गर्न माग गरेका थिए ।


सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो ।साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो ७ र पोटास प्रतिकिलो ९ रुपैयाँले महँगो पर्ने भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार