आज २०७९ साल चैत्र ०४ गते शनिबारकाे राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पति पत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । नशा वा जोर्नी सम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवन साथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला ।बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । पक्ष सबल बन्नुका साथै मान सम्मान पनि पाइनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौतीको सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार