मेचीनगर, ४ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोख्रेलले जनताको मुद्दा, सडक र सदनलाई ब्यवस्थित गर्ने अभियान लिएको आएको बताएका छ्न् ।

“संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान”को उद्घाटनपछि सम्बोधन गर्दै स्कुल बिभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले त्यस्तो बताएका हुन् । जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको जानकारी दिदै जनताको बीचको टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए । प्रत्येक नागरिकको स्वतन्त्रता छ नेता नेता पोख्रेलले भने, ` नागरिकबिचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरीत्र सच्चिन जरुरी छ ।´

संबिधान सभा सदस्य पोख्रेलले उत्पीडनमा परेका, बिभेदमा रहेका मात्रै होइन नागरिकको दैनिक जिवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचारसहित समाज निर्माण गर्न माओवादीका कार्यकर्ता तयार हुनसमेत निर्देशन गरेका थिए । वर्तमान राजनीति अवस्थाको बारेमा सहभागीलाई स्पष्ट पार्दै भने, `अभियानपछि माओवादी केन्द्र पहिलो पार्टी बन्छ, टुक्रिएका माओवादी घटक पार्टीहरु एक हुने अवस्थामा छ्न्, त्यस कारण पनि आउने निर्वाचनबाट पहिलो पार्टी हुने निश्चित छ ।´ प्रतिगामी शक्तिलाई परास्त गर्न जनताबाट आएको उपलब्धिलाई सिरोधार्य गर्दै पार्टीले रूपान्तर खोजेको उनको भनाई थियो ।

बिश्व समाजबादको अवस्थामा छ उनले भने बिश्वबाट नेपालले नसिक्ने प्रश्न गर्दै नेता पोख्रेलले समाजवादलाई केन्द्रित गरेर नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रबाट `माओबाद´ को अस्तित्व रक्षा गर्न समेत आग्रह गरे ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् कृषिमन्त्री झलकसिंह दर्लामीले जनताबीच बिश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको स्पष्ट पारे । नेपालमा नयाँ संबिधान निर्माणपछि प्राप्त उपलब्धिलाई र शान्ति प्रक्रियालाई संस्थागत वर्तमान सरकार एक ठाउँमा रहेकोसमेत जानकारी दिए ।

कार्यक्रममा प्रदेश `ख´ मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायत नगर र गाउँपालिकाका अध्यक्ष र इन्चार्जले पार्टी अवस्था, जनगुनासो र प्रतिवद्द्ता व्यक्त गरेका थिए । मेचीनगरका अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेश गरेका थिए ।
ज्योतिसिह दर्लामीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा इन्दिरा कार्कीले स्वागत र सुरेश बराइलीले संचालन गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार