पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सागर पोर्तेल बिजयी भएका छ्न ।

उनले केदार उप्रेतीलाई २६ मतान्तरले हराउँदै बिजयी भएका हुन । एमाले ,राप्रपाको गठबन्धनका उम्मेद्बार पोर्तेल एमाले हल्दिवारी गाउँ कमिटी सचीव , युवा संघ नेपालको केन्द्रिय सदस्य लगायत १ दर्जनभन्दा बढी संघ संस्थामा नेतृत्वदायी भुमिका रहेका छ्न ।

त्यस्तै उपाध्यक्षमा शर्मिला नेपाल ,सचिवमा सालिग्राम पराजुली ,कोषाध्यक्षमा मनिता गौतम र सहसचिवमा भरत ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सदस्यहरुमा क्षेत्र नम्बर १ बाट मुनिराम खरेल ,नविन निरौला , सपना लिम्बू बिजयी भएका छ्न भने क्षेत्र नम्बर २ बाट दिलकुमार राजवन्सि र दिपा घिमिरे खनाल बिजयी भएका छ्न ।
त्यस्तै क्षेत्र नम्बर ३ बाट कृष्ण प्रसाद प्रसाई निर्विरोध निर्वाचित भएका छ्न भने सृजना पराजुली निर्वाचनमा बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

बिस्तृत बिवरण हेर्नुहाेस

जम्मा ८३७ मतदाता रहेकोमाखसेको जम्मा मत :- ७६९
क्षेत्र नम्बर (१) :- २४८ मा २२८
क्षेत्र नम्बर (२) :- २८१ मा २५९
क्षेत्र नम्बर (३) :- ३०८ मा २८२

अध्यक्ष :
केदार उप्रेती (बाघ ) : ३५४
सागर पोर्तेल (हात्ती) : ३८० ✔️
उपाध्यक्ष :
राधिका गेलाल दाहाल (डाफे) : २९०
शर्मिला नेपाल (लालिगुराँस) : ३३८ ✔️
सचीव :
कुमारी दाहाल मैनाली (डमरू) : ३२८
शालिग्राम पराजुली (त्रिर्शुल) : ३६५ ✔️
कोषाध्यक्ष :
मनिता अधिकारी गौतम (क्रस खुकुरी) : ३६२ ✔️
मन्जु सुवेदी दाहाल (लौरो) : २९६
सहसचिव :
जीवन कुमार दाहाल (कुर्सी) : ३१३
भरत ढकाल (दराज) : ३१९ ✔️
सदस्यमा क्षेत्र १ बाट
खुल्ला सदस्य नवीन निरौला (१३८) ✔️
खुल्ला मुनीराम खरेल (११२) ✔️
महिला सदस्य सपना लिम्बु (१४२) ✔️
सदस्यमा क्षेत्र न. २ बाट
खुल्ला सदस्य दिलकुमार राजवंशी (११८) ✔️
महिला सदस्य दिपा खनाल (१४४) ✔️
सदस्यमा क्षेत्र न. ३ बाट
महिला सदस्य सृजना पराजुली चापागाईं (१६९) ✔️
खुल्ला सदस्य : कृष्ण प्रसाद प्रसाई निर्विरोध निर्वाचित

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार