ललितपुर,५ चैत – ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा बागमती प्रदेश ०२(००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार