जनकपुरधाम – धनुषाको एक स्थानीय तहमा वडाध्यक्षले सिरक बाँडेको छन् । पुस माघको जाडोमा दिनुपर्ने सिरक चैतमा वडावासीलाई बाडेपछि उनको चर्को आलोचना भएको छ ।

जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् । उनले भने नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको बताउ । माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए ।

तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।जाडो कुनै एक सिजनमा जाने कुरा होइन । त्यसैले सिरक बाँड्न छुट्ट्याएको बजेट फ्रिज हुनबाट बचाउन र आफ्नो वडावासीले सुविधा समेत पाओस् भन्ने उद्देश्यले चैतमै भए पनि सिरक बाँडेको साहको भनाइ छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार