काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ६ चैतमा प्रतिनिधि सभामा दोस्रोपटक विश्वासको मत माग्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका उनले पहिलोपटक २६ पुसमा विश्वासको मत लिएका थिए ।

त्यसबेला सरकारमा सघाएको दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनले पहिलोपटक विश्वासको मत लिएको ७० दिनमै पुनः दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

गत १३ फागुनमा राष्ट्रपति निर्वाचनका क्रममा एमालेसँगको गठबन्धन भत्किएपछि नेकपा (माओवादी केन्द्र) सहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाको नयाँ गठबन्धन बनेको थियो ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सो गठबन्धन बनेपछि एमाले र राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार